01-5260442,061-442578,061-442579

Life: A Butterfly

Publisher: Sangri-La Books First Publish Year: 2074 BS Edition: 1st Cover: Hard Back Category: Nepal Story/Prose/Essays Language: Nepali Pages: 123 Weight(gms): 100
SKU: FB-Life: A Butterfly
250.00 (Rs)
excluding shipping

Life A Butterfly - a series of tales of life. Every narrative is free, but the words are kept bold with the old characters and geography. The characters have fantastic freedom in the narrative. It seems like the writer's anointing to fulfill every wish of the character. A glass of water, a pepper, a drink alcohol or a dose affair.

 

खासमा लाइफ अ बटरफ्लाई नगर-जीवनको कथा-शृङ्खला हो । हरेक कथा स्वतन्त्र छन् तर कथापिच्छे पुराना पात्र र भूगोलसँग जम्काभेट भइरहन्छ । कथालोकमा पात्रहरूलाई मनमाफिक स्वतन्त्रता छ । पात्रका हरेक चाहना पूरा गरिदिनु नै कथाकारको अभीष्टजस्तो लाग्छ । एक गिलास पानी, एक खिल्ली चुरोट, एक पेग रक्सी या एक डोज सम्भोग ।।

मनोज बोगटीको कथा-कला कायल बनाउने खालको छ । यसमा कथा मात्र छैन, उपन्यास पनि छ । उपन्यास मात्र छैन, कविता पनि छ । कथाको संरचना अलिक अड्बाङ्ग हुँदाहुँदै पनि मनोजीय मादक भाषा र शिल्प सम्मोहनकारी छ ।

कथाको प्रयोगशाला नै भने हुन्छ, लाइफ अ बटरफ्लाई । कथाको फ्रेम र फम्र्याट दुवै अस्वीकार गरेको छ यसले । लोकल या युनिभर्सल कथाको कृत्रिम पर्खाल समेत भत्काइदिएको छ । एउटा कथाभित्र अनेक कथा भेटिन्छन् । निमोनियाग्रस्त नेपाली कथामा मनोजीय आविष्कार 'निमोकोकल' सावित भएको छ ।

- राजकुमार बाँनिया